दुर्गा बहादुर बिकको मृत्यूले स्तब्ध जापानमा रहेको नेपाली समाज 

को हुन दुर्गा विक ?

टोकियो

आईतबार विहानैबाट जापानमा रहेको नेपाली समुदय दुर्गा बहादुर विकले आफैले रोजेको मृत्यूका कारण तरङगित हुन पुग्यौ । 

बिद्यार्थी भिषामा नागोया स्थित ESL जापानिज भाषा स्कूलमा आएका विक जापान आएको दुईहप्ता पनि नहुदै किन यति कठोर रअप्रिय निर्णय गर्न पुगे यो भने सोचनिय विषय बनेको छ । 

घटनाको प्रकृती- ४ जुन शनिबार बिक सहित ५ जना साथिहरु सगै नेपाली संचालकले संचालन गरेको होस्टेलमा बिक र उनकासाथिहरुसगै राति करिब १० बजे खाना खाएर हेड फोन लगाई सुतेको एवं सगै बस्ने एक साथिले राति हेडफोन निकाली सजिलोसग सुत्नभनेको प्रहरीलाई बयान दिएका छन । त्यसपछि सबै निदाएको र विहान एक जना साथि बाथरुम जादा दुर्गा बहादुर बिक घाटीमा कपडासुकाउन प्रयोग गरिएको डोरिले बेरिएको अवस्था भेटिए पछि उनले कोठामा आई सबै साथिहरुलाई उठाएको र होस्टेल संचालकलाईजानकारी गराएको बयानमा बताएका छन । 

घटनाको प्रकृती हेर्दा बाथरुममा मृत्यूहुनेगरी कुनै क्रियाकलाप भएको देखिदैन तरपनि उनी त्यहि डोरिले घाटीमा बेरिएको अवस्थामाभेटिएको कारण यो धटनालाई प्रहरीले सुष्म तरिकाले छानविन गरिरहेको एक नेपाली अग्रजले निपष्क्ष न्यूजलाई जानकारी दिएका छन। 

सगै बस्ने अन्य ४ जनाले प्रहरीलाई दिएको बयानमा एउटै कोठामा बस्ने अन्य चार जनाले त्यस धटनामा वा त्यसदिन उक्त कोठामा कुनैआवाज नसुनेको र बिकले यस्तो निर्णय गर्लान भनेर कहिल्य नसोचेको समेत बताएका छन । 

बिकको शवलाई अहिले प्रहरीले थप अनुसन्धनका लागि हस्पिटलमा राखेको छभने पोष्टमार्टम पछि मृत्यूको कारण बाहिरा आउने सक्नेबताईएको छ । 

पांच जना मध्ये बिक जापानिज भाषा लेख्न र बोल्न सक्ने थिए, सबै साथिहरुको कामको टुङो भएपनि बिकले सबै साथिहरुलाईसम्झाएर राख्ने गरेको बयानमा उलेख्ख गरिएको छ । बिकको विहिबार मात्रै चर्चित रेष्टुरेन्ट म्याकडोनल्समा काम फिक्स भएको अर्कोहप्ताको शनिबारबाट काममा जाने सिफ्ट समेत पाएको उल्लेख गरिएको छभने बिकको साथमा जापानिज ऐन ७० हजार नगद पनिभेटिएको छ । 

कहाका हुन बिक ?

चितवन जिल्ला राप्ती नगरपालिका बस्ने जित बहादुर बिक र चन्द्र कुमारी विकका साहिला छोरा २६ बर्षिय दुर्गा बहादुर बिकको जन्मभनेदोलखाको ध्यैङसुकटोकरमा भएको हो । दुई दाई एक भाई र एक वहिनी सहितको पाच सन्तान रहेको बिक परिवारका छोरा दुर्गासहयोग र सबैसग मिलेर बस्ने खालका स्वाभव भएका उनका सबै ४ जना साथिहरुले बताउछन । 

यो घटना भएपछि चितवनमा रहेका परिवारलाई स्कूल मार्फत जानकारी गराईएको बुझिएको छ । 

घटना पछि सामाजिक सन्जालमा समावेदन दिने र समस्याबाट हरेश नहुन धेरै नेपालीले सन्देश दिएका छनभने, नवआगन्तुक विद्यार्थीकेन्द्रित सचेतना र सहयोगि हुने कार्यक्रम संचालन गर्न जापानमा क्रियाशिल संघ/सस्थालाई अधिकासले अनुरोध गरेका छन । 

नेपाल सरकार शिक्षा मन्त्रालयका अनुसार नेपालबाट विदेश अध्ययन गर्न जाने देशमा जापान दोश्रो स्थानमा रहेको छ । 

ताजा समाचार