परिवारको खुशीका लागि विद्यार्थी भिषामा जापानमा आएका,सजिन्द्र आज बाकसमा फर्किए

टोकियो

जापानको नागोयामा उपचारका क्रममा गत मे २४ तारिख निधन भएका खोटाङका सजिन्द्र प्रधानको शव आज(मे ३० तारिख) नेपाल पठाईएको छ ।

नेपालको खोटाङ जिल्ला सिम्पानी -२ स्थायी घर भई हाल जापानको आइची प्रिफेक्चरको इन्चिनोमियामा बस्दै आएका २९ वर्षिया सजिन्द्र प्रधानलाई राती सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या आई, उपचारका लागि अस्पताल भर्ना गरिएतापनि उपचारकै क्रममा निधन भएको हो।

जापानको संघर्षपूर्ण दिनहरुलाई छिचोलेर आफनो सपना नजिक पुग्दै गरेका २९ वर्षिया सजिन्द्र कहिल्यै नउठनेगरी जापानमा नै दुखद निधन हुन पुगेको थियो ।

जापानको अध्ययन सक्काएर श्रीमती सहित जापानमा रहेका प्रधान नागोयामा हाकेन कम्पनीमा कार्यरत थिए । सुतेको कै अवस्थामा स्वासप्रस्वासमा देखिएको समस्स्याले हस्पिटल पुगेका प्रधान आफन्तकोमा अन्तिम दर्शनका लागि बाकासमा नेपाल लगिएको छ ।

जापानमा यो मे महिनामा ओसाका, नागोया तथा टोकियोमा विभिन्न कारणले ३ जना नेपाली नागरिकहरुले ज्यान गुमाएका छन् ।

ताजा समाचार