जापानमा पुरुष भलिबल प्रतियोगिता हुने

टोकियो

जापानको साईतामा केनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ग्रुप अफ जापान र हान्यु नेपाली समाजको संयुक्त आयोजनामा भलिबल प्रतियोगिता हुने भएको हो ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ जापानका नेपालीहरुविच प्रतियोगिताको आयोजना गरिएको ग्रुप अफ जापानका अध्यक्ष मदन साउदले जानकारी दिनुभयो । साईतामा केन मा आगामी अगष्ट १५ गतेदखी संचालन हुने छ ।

प्रतियोगितामा प्रथम स्थान हसिल गर्नेलाई नगद ३ लाख , दृतियलाई २ लाख र तृतिय स्थान हाँसिल गर्नेलाई १ लाख नगद सहित ट्रफि, मेडल र बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष साउदले बताउनुभयो ।

बिदेशमा भएर पनि देशप्रेम, आपसि सदभाव र भाईचाराको भावनालाई प्रगाढ बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको अन्तराष्ट्रिय खेलाडी समेत रहेका ग्रुप अफ जापानका अध्यक्ष साउदको भनाई छ ।

प्रतियोगिताको प्रत्येक टिममा १२ जनासम्म खेलाडी रहने आयोजकले जनाएको छ ।

ताजा समाचार