टोक्यो
जापानको दोश्रो ठुलो क्षेत्र मानिने कान्साई क्षेत्रको नेपाल आदिवासी जनजाति महासंघ कान्साई क्षेत्रको संयोजकमा भविन्द्र कुलुङ राईचयन भएका छन ।
जनजाती महासंघका संघीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा मंगलबार भर्चुवल माध्यमबाट सम्पन्न भएको अधिबेशनलेराईको नेतृत्वमा २२ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा क्रान्ति तामाङ र रजन्ती साम्पागंराई(महिला), सचिवमा लोकमान पुनमगरलाई जिम्मेवारी दिएको छ । यस्तै सह–सचिवमा दुर्ज धिमाल, कोषाध्यक्षमा आनन राई, सह–कोषाध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन । सदस्यहरुमा देउमान तमाङ, सम्झना राई, सुबाश कोही राई, विशाल राई, सुरज चौधारी, पुनम चौधारी, निरा श्रेष्ठ, देबेन्द्र गुरुङ, नरेन मोक्तान, मधु गुरुङ, लगन राई, सुरज राई, विनोद लामा, मिलन लिम्बु निर्वाचित भएका छन।
अधिबेशनमा नेपाल आदिबासी जनजाति महासंघ अध्यक्ष बराम सहित उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोबिन्दछन्त्याल,आङकाजी शेर्पा, (आदिवासी जनजाती अभियान्ता), केन्द्रिय सदस्य नेकपा (माओवादी केन्द्र )अजम्बर काङमाङ राई, नेफिनजापानका पुर्व अध्यक्ष NRNA अभियान्ता ओम गुरूङ , NRNA जापानका कार्यवाहक अध्यक्ष अनिता गुरूङ, जसपा जापानका अध्यक्षपेम्बा शेर्पा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, NRNA जापानका प्रवक्ता सिद्दार्थ श्रेष्ठ, नेफिन क्यस्यु क्षेत्रकाअध्यक्ष रोशन राई, सचिब सन्तमान शाक्य , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)जापानका अध्यक्ष फुर्वा शेर्पा, एनआरएनए जापान क्युस्युका संयोजक अर्जुन थापा लगाएत जापानमा रहेको विभिन संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेफिन कान्साइसंगै नेपाल आदिवासी जनजाति महासंघ जापानको क्षेत्रिय समितिको संख्या ७ पुगेको छ ।