टोकियोमा हुने श्रीमद्भागवत महायज्ञको तयारी अन्तिम चरणमा

टोकियो । गैर आवासीय नेपाली संघ जापानको ड्रिम प्रोजेक्ट ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ निर्मणको लक्ष्य सहित आयोजना गर्न लागिएको सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह २०२५ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन ।

सोमबार टोकियोमा आयोजना गरेको प्रेशमिटमा यहि नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा हुने महायज्ञ तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सुभास लामिछानेले जानकारी दिएको हुन । लामिछानेका अनुसार सप्ताह शुरुहुनु एक हप्ता अघि नै महायज्ञका कथा वाचक पण्डित् दिनबन्धु पोखरेल नेपालबाट सोमबार नै जापान आइपुगेका बताए ।

सप्ताहको लागि आवस्यक भौतिक तथा आन्तरिक तयारी अन्तिम चरणमा पुगेको सप्ताह मूल–आयोजक समितिले जानकारी दिएको छ । सप्ताहको बौद्द घर्मगुरु रिम्पोछे पनि यहि नोभम्बर ६ तारिक टोकियो आईपुग्ने बताईएको छ ।

आयोजकले सोमबार टोकियोको मेघुरोस्थित मेघुरो कोमिन सेन्टरको सभाहलमा प्रेशमिटगरी तयारीको बारेमा जानकारी दिदै जापानबासी सबैमा साथ र सहयोगका लागि अपिल गरिएको कलश ब्यवस्थापन उपसमितिका संयोजक कामना भन्डारीले जानकारी दिए ।

सप्ताहलाई सफल बनाउन टोकियो सहित नागोया, ओसाका, फुकुओका लगायका शहरहरुबाट पनि श्रद्दालु भक्तजन आउने भएकाले ति शहरहरुमा पण्डित् दिनबन्धु पोखरेल समेतको सहभागिमा छलफल गराईने प्रवक्ता रविन शर्माले निष्पक्ष न्यूजलाई जानकारी दिए ।

महायज्ञबाट संकलित रकमबाट जापान बसोबास गर्ने नेपालीका विभिन्न सभा, समारोह तथा धार्मिक कार्यका लागि आफ्नै सामुदायिक भवन निर्माण गर्ने उदेश्यले अर्थ संकलन गर्न यो सप्ताह गर्न लागिएको हो ।

ताजा समाचार