टोकियो
जापानमा बस्ने नेपाली बास्केटबल खेलाडीहरुको आवस्यकतालाई मध्य नजर गर्दै नोभम्बरमा खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक पुन क्लब, जापानले दिएको जानकारी अनुसार नोभेम्बर महिनाको २० तारिखमा हुने प्रथम बास्केटबल प्रतियोगितामा जापान भरबाट १८ टिमले प्रस्तिस्पर्धा गर्ने जानकारी दिएको हो ।
लिग कम नकआउट तरिकाले खेलाईने खेलमा प्रथम हुने टोलिले २ लाख ५० हजार एन नगद एवं दोश्रा हुने टोलिले १ लाख ५० हजार एन प्राप्त गर्नेछन ।
प्रतियोगितामा सहभागिताका लागि आवस्यकता भन्दा बढि टिम सहभागि हुन आएपनि यस पटक १८ टिमलाई सहभागिताका लागि छानिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता टोकियो नजिकको साईतामाको हायु स्पोर्टस सेन्टरमा हुने छ ।