टोकियो
कोभिड संक्रमणको नियन्त्रणका लागि जापानमा लामो समयदेखि आपतकालमा जापान सेप्टेम्बर ३० तारिखपछि भने आपतकाल हटाउने विषयमा सरकार निर्णय गर्ने बताईएको छ ।
देशैभर कोरोना संक्रमितहरुको संख्यामा कमि आएको तथा अस्पत्ताल क्षेत्रको भार पनि केहि हल्का भएको विश्लेषण सहित, यहि सेप्टेम्बरबाट आपतकाल अन्त्य गराउने बारे प्रधानमन्त्री सुगा तथा सरोकारवाला मन्त्रालयबिच छलफल अघि बढेको छ । हाल कायम १९ प्रान्तमा आपतकालिन् अवस्था हटाउँन मिल्ने/नमिल्ने ? आपतकाल पूर्णरुपमा हटाउने या अर्धआपतकालमा झार्ने जस्ता विविध पक्षहरुबारे परामर्श लिने क्रम अघि बढेको छ ।
जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार,कतिपय प्रान्तहरुमा कोभिड संक्रमण लगभग नियन्त्रणमा आएको तथा कोभिड खोपको दुबै मात्रा लगाउने नागरिकहरुको संख्या बढेकाले आपतकाल पूर्णरुपमा हटाउन सकिनेछ भने कतिपय स्थानहरुमा भने अत्याधिक जनघनत्वका कारण पुन: संक्रमण जोखिम रहेकाले केहि प्रतिपोधात्मक उपायहरु अवलम्बन गर्नुपर्नेतर्फ बहस चलिरहेको छ ।