अध्यक्ष मण्डलको उपस्थिती विना एनआरएन जापानको सपथ सम्पन्न, सबैको साझा संस्था बनाउने नवनिर्वाचित अध्यक्षको प्रतिवद्धता

टोकियो

एनआरएन जापानको नवनिर्वाचित (२०२१-२०२३) कार्यकालका लागि सपथ ग्रहण सम्पन्न भएको छ ।

एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको र सो सम्बन्धमा छानविन हुनुपर्ने माग भएपछि छानविन समिति बनेर कार्य प्रारम्भ गरेको भए पनि निर्वाचन समितिले आफुले पाएको जिम्मेवारी पुरा गर्नुपर्ने भन्दै आज सपथ गराएको हो । यस अधि आजको सपथ सार्नका लागि आइसीसी यशिया प्यासेफिक संयोजकले निर्वाचन समितिलाई पत्राचार समेत गरेको थियो ।

निर्वाचन समितिका संयोजक नेत्र प्रकाश भन्डारीले अध्यक्ष मन्डलको उपस्थिती विना नव कार्यसमितिलाई सपथ ग्रहण गराएका हुन । सपथग्रहणमा नवनिर्वाचित अध्यक्ष शिव प्रसाद पौडेल, वरिष्ठ उपाध्यक्षमा नविन न्यूउरे, उपाध्यक्षमा महेश कटुवाल, अनिल थापा (राम) राजकुमार अधिकारी, राम कुमार श्रेष्ठ महिला उपाध्यक्ष संगिता अधिकारी सुवेदी महासचिव सिद्दार्थ श्रेष्ठ सचिव देवराज उप्रेती र श्याम सिताल श्रेष्ठ महिला सचिवमा एलिजा केसी भन्डारी कोषध्यक्षमा कृष्ण गैरे, सहकोषध्यक्षमा दिपक सुनार एवं अनलाईन मार्फत महिला संयोजक अन्जु भन्डारी, युवा संयोजक राकेश रुम्बा, सदस्यमा भिमसेन राय, दिलिप कडेल,मोहन सिंह माडै, त्यसैगरी अनलाईन मार्फत सदस्य पदमा प्रकाश लामिछाने, राजु भन्डारी (सुनिल) हेमा पान्डेले सपथ लिएका थिए ।

सपथ पछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष शिव प्रसाद पौडेलले एनआरएनए जापानलाई सवैको अपनत्व हुनेगरी साझा संस्थाका रुपमा परिचित गराउनका लागि काम प्रारम्भ गर्ने जानकारी दिए।

ताजा समाचार