लक्ष्मण बानियाले आईसिसि सदस्यमा उम्मेदवारी घाेषणा


टोकियो

एनआरएनए जापानबाट आईसिसि सदस्यमा लक्ष्मण बाँनियाले उम्मेद्वारी दिने घाेषणा गरेका छन ।

व्यवसाय गरिरहेका परिचित बानियाँले आफ्नो ब्यवसायसंगै समाज सेवालाई प्राथमिकतामा राखेर प्रायः सबै संस्थाहरुमा सल्लाह सुझाव दिने, विद्यार्थी लाई दुःखमा साथ दिदै आएका बाँनियाले जापानको फुकुओकालाई कर्मभूमि बनाउदै त्यस क्षेत्रमा उल्लेख्य राम्रो काम गर्दै आईरहेका छन ।

एनआरएनए क्युस्युसँग नजिक रहेका बानियाँ एनआरएनए क्युस्यु कार्यसमितिको उपसंयोजक हुँदै संयोजक भएका थिए । बानियाँले नेपाल सरकार, उद्योग वाणिज्य महासंघ लगायत व्यवसायीहरुसँग सहकार्य गरी नेपालमा लगानी भित्राउने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानी पर्यटक नेपाल लैजान योजना बनाएको जानकारी गराउनु भयो ।

ताजा समाचार