आपतकालका विच टोकियो ओलम्पिक आयोजना हुने, आईओसीका अध्यक्ष थोमस वाच आए कै दिन टोकियोमा आपतकाल धोषण

टोकियो

टोकियो ओलम्पिकका लागि अन्तराष्ट्रिय ओलम्पिक समितिका (आईओसि)अध्यक्ष थोमस वाच टोकियो ओर्लिए कै दिन जापान सरकारले राजधानी टोकियो सहित चिवा र खानागावा प्रान्तमा अगष्ट २२ सम्म आपतकाल धोषण गरेको छ ।

जुलाई २३ बाट ८ अगष्ट सम्ममा आयोजना हुने खेलकूदको कुम्भ मेला ओलम्पिक कोरोना कहरका विच हुने निश्चित भएको छ । टोकियोबासि सहित विपक्षी दलहरुले टोकियो ओलम्पिकको आयोजना गर्न नहुने बताई रहदा जापान सरकारले भने टोकियो ओलम्पिक आयोजना गर्ने निर्णय गरेको थियो । टोकियो ओलम्पिक शुरुहुन केहि हप्ता अधि विहीबार टोकियो आईपुगेका आईओसिका अध्यक्षको स्वागत सगै विरोधका स्वर सुनिएको मात्रै छैन विहीबारबाट नै टोकियो लगायतका विभिन्न प्रान्तमा आपतकालक धोषण भएको छ ।

टोकियो आईपुगेका अध्यक्ष बाच तिन दिन होटेल कोरेन्टिन पछि टोकियोका गर्भर्नर यूरिको कोईके, एवं प्रतियोगिता संयोजक सेईको हासिमोतोसग भेटने बताईएको छ । जापान सरकारले टोकियो ओलम्पिकमा १० हजार दर्शकलाई प्रवेश गर्ने दिने बताएको थियो तर टोकियमा चौथौ पटक आपतकालका धोषणका कारण के होला भन्न नसकिएको समाचार एजेन्सिहरुले बताएका छन ।

ताजा समाचार