Homeविचार

विचार

नयॅा बर्षको आगमनसगै टोकियोमा ‘टोकियो कविता कन्सर्ट’ आयोजना हुने

टोकियो नयाँ वर्ष २०२२ स्वागत तथा नेपाली राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर अनेसास जापानको आयोजनामा “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी पुरा भएको छ । जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा हुने कार्यक्रममा संस्थाले विभिन्न समिति तथा उप-समिति निर्माण गरी तयारीलाई अन्तिम चरणमा पुराएको हो। कार्यक्रमलाई जापानमा व्यवसाय गरिरहेका व्यावसायिक तथा केहीसामाजिक संस्थाहरूको सहकार्यमा हुन लागेको अनेसास जापानका अध्यक्ष रविन शर्माले जानकारी दिए । यसपालि हामीले जापानमैपहिलो पटक फरक अनुभूति गराउने गरी तयारी गरेका छौँ। हाम्रा ५ विशिष्ट कविका साथमा पृष्ठभूमिमा सारङ्गी र बाँसुरीको धुनकोपनि मज्जा लिनेछौँ। यसको सबै तयारी पूरा भैसकेको उनले बताए ।  कविता कन्सर्टमा संभव भएसम्म हाम्रा पहिचान झल्किने पोशाक सहित उपस्थित अनुरोध गरिएको छ। कार्यक्रममा सहभागिता जनाउनकुनै शुल्क नलाग्ने र नेपाली साहित्यमा रुचि राख्ने जो कोहीले पनि सहजै प्रवेश पाउने जानकारी महासचिव शरद पोख्रेलले दिएका छन्। अनेसास नेपाली भाषा र साहित्यका लागि देश सहित विदेश विभिन्न देशहरुमा सक्रिय रहेको छ ।

महाभियोगबारे दलहरु किन चुपचाप ?

काठमाडौँ प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू अघोषित रूपमा बेञ्च छाडेर संघर्षमा उत्रिएका छन् । कानुनी संघसंस्था, बार एसोसिएसन र...

निर्लज्ज एनआरएनहरु र आसन्न ओशाका महाधिवेशन

-विचार- नरेन्द्र बस्नेत दिनेश म पद को लागि मरिहत्ते गर्ने मानिस हैन भनि सबैले भन्छन तर पद प्राप्ति नहुने छटपटीले अन्त्यमा जस्तो सुकै भएपनि पद प्राप्तिमा...

सङ्क्रमितमा तनावको समस्या

यलु जोशी  “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ ।...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने