टोकियो
प्रशान्त महासगारको ट्ङगो ज्वालामुखी विष्फोट भएपछि जापानको पूर्वि उत्तरको अधिकास क्षेत्रमा सुनामिको चेतवानी सहित उक्त क्षेत्रको मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
जनवरी १५...
टोकियो
नयॅा बर्षमा साथिहरुसगै बसेर रमाईलो गरेको अवस्थामा आफ्नै साथिले धॅाटी थिची हत्या गरेका २३ बर्षिय सुजन बर्सिलाको अत्येष्टी शनिबार फुकुओकामा सम्पन्न भएको छ ।
तिन बर्ष अघि जापानिज भाषा अध्ययनका लागि जापानको फुकुओका आएका गोर्खा १३ देउराली घर भई हिगासी फुकुओकामा बस्ने २३बर्षिय सुजन बर्सिलाको आफ्नै साथिहरुले जनवरी ७ तारिख मध्यरातमा हत्या गरेका थिए ।
जापानमा रहेका बर्सिलाका आफन्त माधव सिग्देलले दिएको जानकारी अनुसार बर्सिलाको श्वास्वप्रस्वासमा समस्या भएका कारण मृत्यूभएको र यो मृत्यू सामान्य मृत्यू नभएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरेको जानकारी दिनुभयो । उहॅाले जापान सरकारले हत्याकोअभियोगमा जापान प्रहरीले सत्य, तथ्य र जापानको कानुन अनुसारको सजय नै बर्सिला परिवारको ईच्छा रहेको जानकारी दिनुभयो ।
शिवहरी बसिलाका एक मात्र छोरा सुजन नेपालबाट नै छिट्टै साथि बनाउन सक्ने स्वाभवका थिए, उनि फुकुओकामा धेरै युवाले चिन्ने नेपाली युवामा पर्ने गर्दथे , साथिहरुसग बस्ने, घुम्न मन पराउने सुजन अन्ततआफ्नै साथिको हातबाट मारिन पुगे । सुजन बर्सिला परिवारको एकमात्र छोरा हुन, सुजनका एक बहिनी पनि छन ।
आईतबार जापानको फुकुओकामा सम्पन्न अत्येष्टीमा नेपाली राजदूतबासको तर्फबाट दिपक देवकोटा, सुजनका आफन्त माधवसिग्देल, सुजन अध्ययन गर्ने विद्यालयका प्रन्सिपल, एनआरएन क्युस्युका संयोजक अर्जुन बगाले, धर्म अधिकारी, हस्त लामा, भिमगुरुङ,माधव सिग्देल, किरण बर्मा, सुलब दवाडी,प्रकाश लामिछाने, पुरुषोत्तम सिग्देल, विष्णु त्रिपाठी,राजन खरेल लगायतकाब्यक्तिहरुको उपस्थितीमा अन्तिम क्रिया सम्पन्न भएको हो ।
मृतक सुजन ३ बर्ष अघि जापानिज भाषा विद्यार्थीका रुपमा जापानको फुकुओका आएका थिए ।
दुई नेपाली युवा प्रहरी हिरासतमा
नयॅा बर्षको रमाईलो गर्न र पुरानो साथिहरु सगै बसेर खानपिन गर्न बसेका...
टोकियो
कोरोनाको तेश्रो लहरले टोकियोमा पनि कोरोना संक्रमण हुनेको सख्यामा दिनप्रतिदिन बढिरहेको छ ।
शुक्रबार टोकियो महानगरमा ४५ सय ६१ जनामा कोरोना पुष्टी भएको छ...
टोकियो
दुई बर्ष अघि जापानिज भाषा अध्ययनका लागि जापानको फुकुओका आएका गोर्खा १३ देउराली घर भई हिगासी फुकुओकामा बस्ने २३बर्षिय सुजन बर्सिलाको हत्या पुष्टी भएको छ ।
जनवरी सात तारिक राति आफनै कोठामा हत्या भएको जापान प्रहरीले जानकारी दिएको हो । कोठामा सगै बस्ने ढकाल थरका युवा रदर्लामि मगर थर भएका युवाले कुटपिट पछि घाटी अठ्यार हत्या गरेको पोष्टमार्टम रिपोर्ट प्राप्त भएको पारिवारिक श्रोतले निष्पक्षन्यूजलाई जानकारी दिएको हो ।
जापानको याहु न्यूज र एनएचके अनलाईको न्यूज अनुसार तिन जना सगै बसि मादक प्रदार्थ सेवन गरेकोमा, तिन जनामा झगडा भएकोहुन सक्ने मृतक बर्सिलाको पोष्टमार्टम रिपोर्टमा बताईएको छ । मृतक सुजनको अनुहार सहित शरिरमा गम्भिर चोट लागेको, अनुहारसुनिएको एवं घाटीमा पनि गम्भिर दाग रहेको बताईएको छ ।
बर्सिलाको मृत्यू श्वासप्रस्वासमा अवरोध भएको कारणले भएको पोष्टमार्टममा उल्लेख गरिएको छ ।
जनवरी ७ तारिक बर्सिलाको कोठामा सगै मदिरा पिउन सोहि कोठामा बस्ने ढकाल थरका युवा र कुमामोतो बस्ने दर्लामी मगर थरकायुवालाई बर्सिलाले नै बोलाएको बुझिएको छ । त्यसराति सगै रमाईलो गरिरहेको साथिहरुका विच के कति कारणले हत्या सम्म पुग्यौत्यसको अनुसन्धन जापान प्रहरीले जारी राखेको छ ।
मृतक बर्सिला र ढकाल थरका युवा हिगासी फुकुओकामा बसेका थिएभने बर्सिला साकुरा निहोन गोक्कोमा अध्यन गर्ने गर्दथे ।
बर्सिलाको अन्तिम संस्कार जापानमा नै गरिने
फुकुओकामा हत्या भएका २३ बर्षिय सुजन बर्सिलाको शवलाई जापानमा नै अन्तेष्टी गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।पोष्टमार्ष्टम सकिए पछि प्रहरीले जापानमा रहेका सुजनका आफन्तलाई अन्तिम काजकार्यगर्न अनुरोध गरेको हो ।
गोर्खा समाज जापानका अध्यक्ष सिएम भट्टराईले परिवारको सल्लाहमा सबै सहयोग गर्न सहयोग समिति बनाई काम शुरु गरिएको जानकारी दिनु भएको छ ।
जनवरी ११ तारिकमा जापान प्रहरीले पोष्टमार्ष्टम लगायतका कार्य सकिएको भन्दै शवको अन्तिम कार्य गर्न पत्रचार गरेको थियो ।नेपालमा रहेका परिवारले शवलाई नेपाल नै पठाउन अनुरोध गरेकोमा कोरोना लगायतका समस्याका कारण जापानमा नै अन्तिम कार्यगरिने सुजनाका आफन्तले जानकारी दिएका छन ।
टोकियो
जापानको टोकियोमा बुधबार करिब २२ सयमा कोरोना संक्रमण भएको टोकियो महानगरपालिकाले जनाएको छ ।
जनवरी महिनाको पहिलो हप्ताबाट टोकियोमा कोरोना सक्रमणमा सोचे भन्दा...