दोश्रो खेलमा नेपाल, यूएईसँग २५ रनले पराजित 

चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स (यूएई) सँग २५ रनले पराजित भएको छ ।

यूएईले प्रस्तुत गरेको १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले २४ रनको योगदान दिए। नेपालले सुरुवात भने राम्रो गरेको थियो । ओपरद्वय ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय साझेदारी गरेका थिए । मल्ल छैटौँ ओभरमा २२ रन बनाएर आउट भए । नेपालले त्यसपछि लक्ष्य भेट्टाउन प्रयास गरेपछि उच्च रन रेटलाई कायम गर्न सकेन । खेलको अन्त्यतिर लोकेश बमले ३३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । युएईका लागि रोहन मुस्तफा र कासिफ दौडले २–२ विकेट लिए । 

शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आइसीसी टी(२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृङ्खलामा सहभागी छन् ।

ताजा समाचार