Homeसमाचार

समाचार

भक्तपुरमा बिस्काः जात्राको रौनक 

काठमाडौं भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्काः जात्रा सुरू भएको छ। भक्तपुरको पाँचतले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेसँगै जात्राको सुरूवात भएको हो। प्रत्येक वर्ष नयाँ...

कारको ठक्करबाट नेपालगञ्जमा तीन पैदल यात्रीको मृत्यु 

कारले ठक्कर दिँदा नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ। बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो। कारको ठक्करबाट एक महिला र दुई...

मार्च महिनामै उखुम गर्मी 

काठमाडौँ काठमाडौं उपत्यकामा यस वर्षको मार्च महिना ५४ वर्षयताकै सबैभन्दा बढी गर्मी मार्च महिना भएको छ । १९६८ यताको काठमाडौंको उपलब्ध तथ्याकंअनुसार २०२२ को मार्च...

छोरी, श्रीमानसगै सपरिवार जापानमा रमाउने सपना साचेकी लक्ष्मी केसी, आईतबार जापानको आकाशमा सधैका लागि बिलाईन  

टोकियो  जापानमा अप्रिय मृत्यू रोजेकी नेपाल नवलपुर घर भएकी लक्ष्मी केसीको अत्येष्टी आईतबार टोकियोमा सम्पन्न भएको छ ।  एप्रिल ३ तारिख आफनो कोठामा मृत्यू भएको अवस्थामा भेटिएकी लक्ष्मी केसीको पोष्टमार्टम  रिपोर्टमा मृत्यू आफनो खुशीमा भएको, जापान प्रहरीले केसीका आफन्तालाई दिएको थियो ।  बिद्यार्थी भिषामा जापान आएकी लक्ष्मी केसीले छिट्टै श्रीमान विशाल लामा एवं सात बर्षिय छोरी नायोमि लामालाई जापान बोलाईसपरिवार बस्ने लक्ष्मी केसीको सपना, आईतबार अन्तिम कार्य अन्येष्टी सम्पन्न भएसगै केसीको सपरिवार जापानमा सगैबस्ने केसीको सपना धुवामा विलिन भएको छ । मृतक लक्ष्मी केसीले विशाल लामासग प्रेम विवाह गरी एक छोरी पनि जन्माएकी थिईन । जापान प्रहरीले परिवारलाई दिएको पोष्टमार्टम रिपोर्टमा  केसीले आफैले मृत्यू रोजेको देखिएको थियो । तर के कति कारणले केसीलेमृत्यू  रोज्नु परेको हो त्यसका बारेमा जापान प्रहरीले केहि बताएको छैन । विगतमा जापान प्रहरीसग काम गरेका नेपालीहरुका अनुसारसुसाईड केसमा आफन्तले थप जानकारी मागे मात्रै प्रहरले विस्तृत छानविन गर्ने नत्र सामान्य हत्या होकि होईन छानविन गरि शबपरिवारको जिम्मा लगाउने गरेका अनुभव बताएका छन ।  केसीले मृत्यू भन्दा अगाडी केहि साथिहरुलाई फोनगरी आफनो कुरा सुनाउने खोजेको बताए पनि केसीले के कुरा गर्न खोजेको त्यसकाबारेमा स्पष्ट हुन नसकेको साथिहरुले बताएका छन । त्यसैगरी नेपालमा रहेका श्रीमानलाई पनि केसीले फोन गरेर आफुसग भन्न नसक्नेकुरा भएको बताउदै फोन काटेका र त्यसपछि फोन स्विच अफ भएको श्रीमान विशाल लामाले बताए । धेरै पछि फोन लाग्दा उक्त फोनजापान प्रहरीले उठाएको र लक्ष्मीको मृत्यूको कारण भन्न नमिल्ने जानकारी लामालाई जापान प्रहरी दिईएको लामाले भावुक हुदै बताए। आईतबार टोकियोमा सम्पन्न अन्येष्टीमा लक्ष्मी केसीका दिदि भिनाजु, पन्चासे समाजका अध्यक्ष जिवन गुरुङ, तामाङ समाजका अध्यक्षरुविना तामाङ, एनआरएन कान्तोका संयोजक दीपेश केसी, सचिव सागर कार्कि लगायतको उपस्थिती रहेको थियो ।  जापानमा शबको ब्यबस्थापन सहित आर्थिक सहयोगको  संयोजन नवलपुर समाज, जापान र एनआरएन कान्तोले गरिरहेको नवलपुरसमाज, जापानका अध्यक्ष कृष्ण खरेलले जानकारी दिनु भयो । खरेलले यो दुखद घडीमा सहयोग गर्नुहुने जापानबासीमा धन्यबाद ब्यक्तगर्नु भएको छ । केसीको अस्तु छिट्टै नेपाल पठाईने नवलपुर समाज, जापानले जानकारी दिएको छ ।

गभर्नरमाथि अर्थ मन्त्रालयको आरोप : बिग्रँदो अर्थतन्त्रको जिम्मेवार, सरकारप्रति पूर्वाग्रही 

काठमाडौं अर्थमन्त्रीका रुपमा जनार्दन शर्मा सिंहदरबार छिर्दासम्म अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको तालमेल ठीकठाक थियो । तर नौ महिनामा त्यो तालमेल यसरी बिग्रियो कि...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने