Homeसमाचार

समाचार

सरकारको नीति तथा कार्यक्रम ४ बजे संसदमा प्रस्तुत हुने 

काठमान्डौ आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ। मंगलबार ४ बजे बस्ने बैठकमा सो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको...

मोदीले नेपालीमै भने : भारत र नेपालबीचको सम्बन्ध हिमालय जत्तिकै अटल 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमालय जत्तिकै अटल र पुरानो रहेको बताएका छन्।  सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्ती विशेष समारोहमा बोल्दै उनले...

यस्ता छन् नेपाल-भारतबीच भएका ६ सम्झौता 

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार भएको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ । भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको...

कछुवा गतिको मतणनामा बालेनको खरायो गतिको अग्रता

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्। पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। यो मत एमालेका केशव स्थापित...

जापान संचालन भईरहेको एभरेष्ट इन्टरनेशनल स्कुलले एक दशक पुगेको अवशरमा बिभिन्न कार्यक्रमगरी दसौँ वार्षिकोत्सव सम्पन्न । 

टोकियो  नेपाली पाट्यक्रममा पढाई हुने एभरेष्ट इन्टरनेशनल स्कुल, जापानको दशौ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रमगरी सम्पन्न गरेको छ । नेपाल सरकारका शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भौतिक तथा अनलाइन गरी दुवै माध्यमबाटकार्यक्रम सम्पन्न हो ।  विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भवन भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मन्त्री पौडेलले यसविद्यालयले जापानमा स्थित नेपाली समुदायलाई संस्कारसहितको गुणस्तरीय शिक्षा दिँदै आएकोले यो विद्यालय एउटा नमूना विद्यालयबन्न सकोस्, नेपाल सरकार शिक्षा मन्त्रालयले गर्नुपर्ने आवश्यक सहयोग गर्ने कुरा विश्वास दिलाउँदै विद्याललाई शुभकामना व्यक्त गर्नुभयो ।  जापानमा स्थित नेपाली राजदूतावासका कावा राजदूत अम्विका जोशीले जापानमा रहेका नेपालीहरुका लागि एउटा उदाहरणीयविद्यालय भएकोले दूतावासले यस विद्यालयको सदा अभिभावकत्व बहन गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने कुराव्यक्त । विद्यालयका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठ तथा संस्थापक प्रधानाध्यापक श्री प्रदीप थापाद्वारा विद्यालयको स्थापना गर्न निकैसङ्घर्ष गर्नु परेको र तत्कालीन अवस्थामा विद्यालय स्थापना गर्न सहयोग गर्नुहुने तीलक मल्ल, भूषण घिमिरे लागायत शिक्षक शिक्षिकातथा जापानी समुदाय लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त र आज यस विद्यालयले दसौँ वार्षिक उत्सव मनाउँदै गर्दा साहै्र खुशी लागेकोबताउनु भयो ।  अनलाइनमार्फत् जोडिनु भएका प्याब्सनका अध्यक्ष श्री डी.के. ढुङ्गानाले विद्यालयलाई प्याव्सनको मानार्थ सदस्य दिने कटिबद्धताव्यक्त । त्यसै गरी प्रोफेसर डा. जयराज अवस्थीले गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पर्ने शिक्षक तालिम लगायत कुरामा सहयोगगर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने कुरा व्यक्त ।  यशोधरा पन्त, टोकियोमा अवस्थित आयोमा गाकुएन महिला विद्यालयका प्र.अ श्री माकोटो कावामी,  पत्रकार महासङ्घ जापानका अध्यक्ष श्री मोहन घलेले  शुभकामना ब्यक्त गरेका थिए ।  कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले  नेपाली कला र संस्कृति झल्लने खालका विभिन्न नृत्य, झाँकी तथा गायन प्रस्तुत । यस विद्यालयले हाल कक्षा १२ सम्म कक्षा सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा ३२५ जना विद्यार्थीहरू तथा ४५ जना शिक्षकशिक्षिकाहरू कार्यरत छन् । क्भ्भ् परीक्षा २०७८ मा १९ जना विद्यार्थीहरु सहभागी भएका थिए । कक्षा १० अर्थात् क्भ्भ् परीक्षा दिएरजापानमा रहेका विद्यार्थी तथा जापानको भिषाबाहक नेपालमा रहेका विद्यार्थीहरूले कक्षा ११÷१२ (विज्ञान तथा व्यवस्थापन) संचालनहुने जानकारी दिएको थियो । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टद्वारा स्वागत मन्तव्य व्यक्त व्यक्त गर्दै विद्यालयले सुविधाहरु दिनप्रतिदिन बढाउँदै गुणस्तरीयशिक्षा प्रदान गर्न विद्यालय परिवार अहोरात्र खटेको र प्रवासमा सञ्चालन भएको यस विद्यालयले नेपाल र नेपालीको लागि महत्वकोविषय रहेको जानकारी दिनुभयो ।
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने