टोकियो
शुक्राबार जापानको सास्कृतिक शहर नारामा पार्टिका उम्मेदवारका लागि भोट माग्दै गर्दा गोलि प्रहार भएपछि अचेत भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको उपचारका क्रममा मृत्यु भएको छ ।
जापानिज समाचार एजेन्सी एनएचकेका अनुसार नारा शिक्षण अस्पातलमा सघन उपचारमा राखिएका आबेको दुखद निघन भएको हो ।
आबेलाई ४१ बर्षिय पुर्व सुरक्षाकर्मिले पछाडीबाट दुई राउन्ड गोली हानेका थिए । गोलिले गर्धन र मुटुलाई गम्भिर क्षति पुर्याएको बताईएको छ ।
शुक्रबार नारा स्थित सौदाईजी स्टेशन नजिक चुनावी सभालाई सम्बोधन गरिरहेको अवस्थामा जापानका पूर्व प्रधानमन्त्री सिन्जोआबेलाई गोलि प्रहार गरिएको थियो ।
प्रत्यक्षदर्शिका अनुसार आबेले सम्बोधन गरिरहदा दुई पटक गोलि चलेको आवाज आएको थियो भने आबे रगतले छतपतिदै ढल्न पुगेकाथिए ।
यो घटना शुक्रबार विहान करिब ११:३० बजे घटना पुगेको थियो ।
प्रहरीले गोली प्रहार गरेको आरोपमा नारा निवासी ४१ बर्षिय तेत्सुया यामागामी नाम गरेका मानिषलाई प्रकाउ गरेको छभने उनलाई कडासुरक्षा विच सोधपुछ जारी रहेको समाचार श्रोतहरुले बताएका छन । यामागामी पूर्व समुद्री आत्मरक्षक सेनामा कार्य गरिएको बुझिएकोछ ।
पूर्व प्रधानमन्त्री आबेलाई गोली प्रहार गरिएको पेस्तोल घरमा नै बनाईएको पाईएको छ ।