Homeमनोरञ्जन

मनोरञ्जन

राष्ट्रकविको सम्मानमा हरेक बर्ष अनेसास कविता महोत्सव आयोजना गरिने

काठमान्डौ अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तीको अवसर पारेर ' अनेसासकविता महोत्सव' आयोजना गर्ने भएको छ ।  संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल 'माइला' को अध्यक्षतामा हालै सम्पन्न बैठकलेवार्षिक रूपमा कविता महोत्सव गर्ने निर्णय गरेको हो ।  अध्यक्ष माइलाले स्रष्टाहरूलाई निरन्तर लेखनमा आबद्ध गर्दै थप उर्जा प्रदान गर्ने अभिप्रायले यस किसिमको महोत्सव आयोजना गर्नलागिएको बताउँदै भने, "विगतमा पनि प्रतियोगिताहरू नभएका होइनन्, तर अबदेखि हुने प्रतियोगितालाई व्यवस्थित र दीर्घकालीनबनाउने  हाम्रो उदेश्य रहेको छ । जहाँ राष्ट्रकवि प्रति सच्चा सम्मान पनि प्रकट हुनेछ ।"  त्यस्तै, बोर्ड अफ ट्रस्ट्रीकी अध्यक्ष गीता खत्रीले अनेसासको यस किसिमको  नयाँ कार्यको प्रशंसा गर्दै भनिन्, "संसारभर छरिएर रहेकास्रष्टाहरूलाई गोलबद्ध गर्दै लैजान महोत्सवले थप बल पुर्याउने छ । केन्द्रीय समितिको यो निर्णयले पक्कै दीर्घकालिन प्राभाव छोड्नेछ।" प्रतियोगिता सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा कविता महोत्सव आयोजक समिति गठन गरिएको छ ।समितिमा अनेसासका महासचिव सर्वज्ञ वाग्ले, र सदस्यहरू डा. रेणुका सोलु, प्रमोद सारङ्ग र महेश्वर शर्मा रहेका छन् । सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरि पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । त्यस्तै, दुई हजार दुई सयभन्दा धेरैआजीवन सदस्य रहेका छन् ।  महोत्सव राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्म जयन्तीको अवसर पारेर आयोजना गरिने छ । उक्त महोत्सवमा विश्वभरि फैलिएर रहेकानेपाली भाषीले सेप्टेम्बर ६ तारिक भित्र inls.poemcontest@gmail.com मा कविता पठाइ सहभागिता जनाउन सक्नेछन् । पहिलोदोस्रो र तेस्रो हुने लाई पुरस्कार राशी क्रमस ५०० , ३०० र २०० अमेरिकि डलर राखिएको छ ।

श्रीकृष्ण क्षेत्रीको संगीतमा तीज गीत ‘टिकटके कान्छी’ बजारमा (भिडियोसहित)

काठमाडौं । हिन्दु महिलाको महानपर्व हरितालिका तीज आउन पुरा एक महिना बाँकी छ । तर तीजका गीतहरु बजारमा आइरहेका छन् । तीज भन्नासाथ महिलाको बिशेष...

थानेश्वर र शोभा गौतमले ल्याए ‘फुर्के धागो २’ (भिडियोसहित)

काठमाडौं । गायक थानेश्वर गौतमको ‘फुर्के धागो २’ सार्वजनिक भएको छ । प्रभा बर्तौलाको शब्द रहेको गीतमा गौतमसँगै गायिका शोभा गौतमको स्वर रहेको छ...

दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने लोकदोहोरी प्रतिष्ठानको निर्णय

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार बसेको केन्द्रीय...

‘मेरी माया जुन भन्दा उजेली’ लिएर आए नरेन्द्र र राखी मल्ल (भिडियोसहित)

काठमाडौं । हिन्दु महिलाको महानपर्व हरितालिका तीज आउन पुरा एक महिना बाँकी छ । तर तीजका गीतहरु बजारमा आइरहेका छन् । तीज भन्नासाथ महिलाको बिशेष...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने