सञ्जय लीला भन्सालीको चलचित्रमा २० वर्षपछि एकसाथ माधुरी र रेखा

एजेन्सी । बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले आफ्नो ठूलो बजेटको प्रोजेक्ट ‘हीरामन्डी’ को घोषणा गरेका थिए । यो वेब सिरिज नेटफ्लिक्समा रिलिज गर्ने तयारी छ । हुमा कुरैशी र सोनाक्षी सिन्हा जस्ता अभिनेत्रीहरूको नाम यस वेब सिरिजमा जोडिएको छ, तर निर्माताले कलाकारको बारेमा आधिकारिक जानकारी दिएका छैनन् ।

‘हीरामन्डी’ को निर्माण तथा निर्देशन सञ्जय लीला भन्सालीले गर्दैछन् । भारतीय सञ्चारमाध्यमकाअनुसार माधुरी दीक्षित र रेखा एक साथ यो सिरिजमा देखिँदैछन् । यी दुई अभिनेत्रीलाई अन्तिम पटक चलचित्र ‘लज्जा’ मा एकसाथ स्क्रिन सेयर गर्दै देखिएको थियो ।

पुनः एक पटक यी दुई २० वर्ष पछि सँगै देखिनेछन् । दुवै अभिनेत्रीहरू ओटिटी प्लेटफर्मको माध्यमबाट पुनरागमन गर्न लागेका छन् । यस्तो स्थितिमा ‘हीरामन्डी’  महत्त्वपूर्ण वेब शृङ्खला बन्नेछ ।

ताजा समाचार