Homeअर्थव्यवस्था

अर्थव्यवस्था

जापान भ्रमणको प्याकेज बनाउदै सिटि ट्राभल

टोकियो जापानबाट विभिन्न देशहरुको हवाई टिकटको सेवा दिदै आईरहेको सिटि ट्राभल जापानले, जापानबाट नेपाल सहित विभिन्न देशहरुमाभ्रमणको लागि प्याकेजको शुरुवात गरेको जानकारी दिएको छ ।  बुधबार जापानको टोकियोको सिन्जुकु वार्ड सिनओकुबोमा नयां कार्यलयको शुरुवात गर्दै सिटि ट्राभलका कार्यकारी निर्देशक दिनेशकेसीले सिटिले निकट भविष्यमा जापानबाट नेपाल, नेपालबाट जापान सहित जापान भित्रका विभिन्न पर्यटकिय स्थालहरुमा भ्रमणगराउने प्याकेजहरु शुरुवात गरिने जानकारी दिएका छन ।  बुधबार सिनओकुबो स्थित नयां कार्यलयको उदधाटन कोरियान एयालाईन्सका म्यानेजर सातोरु मेईकावा, नेपाल एयारलाईन्सकाम्यानेजर तिलक लामिछाने, सिङगापुर एयारलाईन्सका सायुरी कोजाई तथा सिटि ग्रुपका अध्यक्ष महेश श्रेष्ठले सयुक्त रिवन काटीगरेका थिए । विगत ७ बर्षदेखि सेवा दिईरहेको सिटि ट्राभल एन्ड कम्पनी आएटिए (IATA) को मान्यता प्राप्त गरेको छ भने नेपाल र टोकियोमाकार्यलय रहेको छ । 

ग्राहकलाई सहज सेवाका लागि सिटि एक्सप्रेस जापानले शुरु गर्यो “सिटी मोबाइल वालेट कार्ड” 

टोकियो नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक सिटि एक्सप्रेस जापानले, आफ्ना सेवाग्राहीलाई अनलाईन मार्फत थप डिजिटल सेवाहरुविस्तार गर्ने जानकारी दिएको छ ।  बुधबार टोकियोमा आयोजित पत्रकार भेटधाटमा सिटि एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठले सिटी वालेट कार्ड र आईओएस तथा एन्ड्रोएडअपरेटीङ सिस्टम मार्फत थप सेवाहरु सार्वजानिक गर्नु भएको हो । सिटिका मेम्बरहरुलाई डिजिटल मार्फत जम्मा गरिएको रकम आफूलाई अनुकुलको समयमा छिटो र सहज तरिकाले आफन्तलाई पैसापठाउन सकिने जानकारी दिदै वालेटमा पैसा जम्मा गर्नका लागि सिटी वालेट कार्ड, काउण्टर र बैंक ट्रान्सफर (फुरिकोमी) मार्फत गर्नसकिने जानकारी दिईएको छ ।  सिटिका निर्देशक किकोचि तोमाकी तथा सल्लाहकार सुसुमु फुकुसिमाको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा सिटी एक्स्प्रेसलेमोबाइल अप्लिकेसन डाउन्लोड गरेर रजिस्टर पुरा भएमा नयाँ सदस्यले ५ सय पोइन्ट रिवार्ड प्राप्त गर्न सक्ने र हरेक पटक पठाउँदालागेको सेवा शुल्कको १० प्रतिशत पोइन्ट प्राप्त गर्न सकिने क्याम्पेन पनि सुरु गरेको छ । विदेशमा रहेका प्रवासी नेपालीहरु मध्ये ३० प्रतिशत ग्राहकलाई संसारका विभिन्न देशहरुबाट सेवा दिईरहेको सिटि एक्सप्रेसले समयकोआवास्यकतासगै मोबाईल एप एवं डिजिटल वालेट संचालनमा लिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  सिटी एक्स्प्रेस जापानका प्रबन्धक विष्णु न्यौपाने, मार्केटिङ प्रमुख पशुपति भण्डारी र आईटी विभाग प्रमुख दिपेन श्रेष्ठले थप गरिएकोसेवाहरुका बारेमा जानकारी दिएका थिए ।  सिटि एक्सप्रेस जापानले विगत १३ बर्ष देखि जापानबाट नेपालमा रेमिटेन्स सेवा दिईरहेको छ । 

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र...

सरकारले आज बजेट ल्याउँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पोखराका अञ्जन श्रेष्ठ विजयी

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पोखराका अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने