बुटवल
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी केन्द्रको संसदिय दलका नेता...
शशिकला मोक्तान
टोकियो
टोकियो ओलम्पिक २०२० मा समाचार सम्प्रेषण गर्न टोकियो आईपुग्नु भएका नेपाल टेलिभिजन अंग्रेजी न्यूज विभागका प्रमुख तथाखेलकुद पत्रकार मन्चका केन्द्रिय अध्यक्ष देवेन्द्र सुवेदी एवं नेपाल खेलकुद मन्चका पूर्व सचिव तथा कान्तिपुर पब्लिकेशनका राजुघिसिङसंग नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापान र नेपाल तामाङ समाज जापानद्ले सयुक्त भेटघाट कार्यक्रमसम्पन्न भएको छ ।
आईतबार जापानको उएनो स्थित स्पाईस रोड नेपाली रेष्टुरेन्टमा सम्पन्न भेघाट कार्यक्रममा ग्रीष्मकालिन ३२ अैा संस्सकरणकोओलम्पिकमा रिपोर्टिङका लागि जापान आईपुग्नु भएका पत्रकारसग आयोजना गरिएको भेटधाट कार्यक्रममा पत्रकार सुवेदी र घिसिङलेआापनो अनुभवका साथ नेपाली खेल जगत अनि खेलाडीहरुको भबिष्य सहितका विषयमा आपनो धारण राखेका राख्नु भएको थियो ।भेटधाटमा उहाहरुले नेपाली खेलकूदका विभिन्न पक्षहरुको बारेमा जानकारी दिनु भएको थियो ।
उहाहरुले टोकियोमा रहदा जापानले टोकियो ओलम्पिक सम्पन्न गर्न गरिएको तयारी सुविधा एवं बसाइको अनुभवका साथै ओलम्पिक रिपोर्टिङबाट सिकेका थप अनुभवहरु ब्यबहारिक रुपमा लागु गर्न सक्दो प्रयास गर्ने बताउनुभयो ।
भेटभाट कार्यक्रम को अध्यक्षता फोनिज जापान अध्यक्ष फुर्वा शेर्पाले गर्नु भएको थियो भने नेपाल पत्रकार महासंघ जापानका अध्यक्षमोहन घलेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा तामाङ समाज जापानका वरिष्ट उपाध्यक्ष हिमाल लामा महासचिवबलराम थिङ एवं कोषध्यक्ष गिरबहादुर लामाले समाजको जानकारी सहित आपनो धारण राख्नु भएको थियो । त्यसैगरी विषेश अतिथिजनजाती महासंघ जापानका अध्यक्ष संजिव चम्लिङ राईले अतिथि पत्रकारलाई खादा ओढाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा फोनिज जापानको तर्फबाट शशिकला मोक्तानले स्वागत मतब्य ब्यक्त गर्नु भएको थियो भने अतिथि पत्रकारहरुलाईमायाको चिनो प्रदान गरिएको फोनिज जापानका सदस्य सविन थापा मगरले जानकारी दिनुभयो ।
ओलम्पिकमा नेपालका तर्फबाट चार खेलमा पाच खेलाडीले सहभागिता जनाएका थिए ।
टोकियो
एनआरएन जापानको नवनिर्वाचित (२०२१-२०२३) कार्यकालका लागि सपथ ग्रहण सम्पन्न भएको छ ।
एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको र सो सम्बन्धमा छानविन हुनुपर्ने माग...
काठमान्डौ
अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तीको अवसर पारेर ' अनेसासकविता महोत्सव' आयोजना गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल 'माइला' को अध्यक्षतामा हालै सम्पन्न बैठकलेवार्षिक रूपमा कविता महोत्सव गर्ने निर्णय गरेको हो ।
अध्यक्ष माइलाले स्रष्टाहरूलाई निरन्तर लेखनमा आबद्ध गर्दै थप उर्जा प्रदान गर्ने अभिप्रायले यस किसिमको महोत्सव आयोजना गर्नलागिएको बताउँदै भने, "विगतमा पनि प्रतियोगिताहरू नभएका होइनन्, तर अबदेखि हुने प्रतियोगितालाई व्यवस्थित र दीर्घकालीनबनाउने हाम्रो उदेश्य रहेको छ । जहाँ राष्ट्रकवि प्रति सच्चा सम्मान पनि प्रकट हुनेछ ।"
त्यस्तै, बोर्ड अफ ट्रस्ट्रीकी अध्यक्ष गीता खत्रीले अनेसासको यस किसिमको नयाँ कार्यको प्रशंसा गर्दै भनिन्, "संसारभर छरिएर रहेकास्रष्टाहरूलाई गोलबद्ध गर्दै लैजान महोत्सवले थप बल पुर्याउने छ । केन्द्रीय समितिको यो निर्णयले पक्कै दीर्घकालिन प्राभाव छोड्नेछ।"
प्रतियोगिता सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा कविता महोत्सव आयोजक समिति गठन गरिएको छ ।समितिमा अनेसासका महासचिव सर्वज्ञ वाग्ले, र सदस्यहरू डा. रेणुका सोलु, प्रमोद सारङ्ग र महेश्वर शर्मा रहेका छन् ।
सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरि पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । त्यस्तै, दुई हजार दुई सयभन्दा धेरैआजीवन सदस्य रहेका छन् ।
महोत्सव राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्म जयन्तीको अवसर पारेर आयोजना गरिने छ । उक्त महोत्सवमा विश्वभरि फैलिएर रहेकानेपाली भाषीले सेप्टेम्बर ६ तारिक भित्र inls.poemcontest@gmail.com मा कविता पठाइ सहभागिता जनाउन सक्नेछन् । पहिलोदोस्रो र तेस्रो हुने लाई पुरस्कार राशी क्रमस ५०० , ३०० र २०० अमेरिकि डलर राखिएको छ ।