निष्पक्ष न्युज

3237 POSTS
0 COMMENTS

कास्कि पोखरा समाज जापानले आईतबार मानसिक स्वास्थ्यको विषयमा अन्तरक्रिया सहित दशैको शुभकामना कार्यक्रम सम्पन्न ।

टोकियो पोखरा कास्की समाज जापानले मानसिक स्वास्थ्यको विषयमा छलफल सहित विजय दशमिको शुभकामना कार्यक्रन सम्पन्न भएको छ। पछिल्लो क्रममा जापानमा बढिरहेको नेपाली युवाहरुको मानसिक समस्या त्यसको उपचारमा समाजहरुको भूमिकाका बारेमाअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक सन्देश अधिकारीले जानकारी दिनुभयो ।  टोकियोको उयोनोमा रहेको सेवा रेष्टुरेन्टमा सम्पन्न अन्तरक्रियात्क कार्यक्रममा कोरोना संक्रमणलाई मध्य नजर गर्दै भौतिक र अनलाईनमार्फत सम्पन्न भएको कार्यक्रम डा विजय ज्ञवालीले मानसिक समस्या समाधानका उपायहरु एवं साथि र जापानमा क्रियासिल संघसस्थाको भूमिकाका बारेमा प्रकाश पार्नु भएको थियो ।  कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीको अध्यक्षतमा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा एनआरएनजापानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिव प्रसाद पौडेल महिला उपाध्यक्षसंगिता अधिकारी, महासचिव सिद्दार्थ श्रेष्ठ, एव सहकोषध्यक्ष दिपक सुनारले समाजलाई सम्मानका लागि धन्यबाद ब्यक्त गर्नु भयो ।  सोहि कार्यक्रममा निर्वतमान अध्यक्ष विकास श्रेष्ठलाई कास्कि पोखरा समाज जापानलाई सक्रिय सस्था बनाउन  सफल हुनु भएकोमासस्थाले सम्मान सहित मायाको चिनो प्रदान गरिएको समाजका अध्यक्ष विस्व सुवेदीले बताउनु भयो । दशैको शुभकामना सहित मानसिक स्वास्थ्याको अन्तरक्रियात्मक कार्यक्रमलाई उपाध्यक्ष कमल बास्तोला र महासचिव विशु भन्डारीलेसहजिकरण गर्नु भएको थियो ।

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय जनकबहादुर थारु छन् । सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा...

बेंगलोरलाई हराउँदै कोलकोता क्वालिफायरमा

काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ काे एलिमिनेटरमा राेयल च्यालेन्जर्स बेंगलाेरलाई ४ विकेटले पराजित गर्दै काेलकाता नाइट राइडर्सले क्वालिफायरमा स्थान बनाएकाे छ । काेलकाताले अब...

जर्मनी कतार विश्वकपमा छनोट

एजेन्सी सन् २०१४ को विश्वविजेता जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा नर्थ म्यासेडोनियालाई ४–० ले...

कालापानी-लिपुलेकका नेपालीसँग भारतीय नागरिकता ! यस्तो छ जनसंख्याको विवरण

दार्चुला भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालले जनगणना गर्नुपर्ने माग चर्कोरुपमा उठिरहेको छ । तर, सरकारले यसका लागि कुनै...

निष्पक्ष न्युज

3237 POSTS
0 COMMENTS