एजेन्सी
सन् २०१४ को विश्वविजेता जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गर्दै जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो टोली बनेको हो ।
समूह ‘जे’ मा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले अर्काे वर्ष कतारमा हुने विश्वकपको टिक पक्का गरेको हो । जर्मनीले अब अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ । यि दुवै खेलमा आर बेहोरेपनि जर्मनीलाई दोस्रोमा रहेको टोलीले भेट्न सक्ने छैन ।
समूहमा जर्मनीले ८ खेल खेल्दा ७ जित र १ हारको सामाना गरेको छ । जर्मनीले गत अप्रिलमा नर्थ म्यासेडोनियासँगै २–१ हो हार बेहोरेको थियो । हान्सी फ्लिकको प्रशिक्षणमा जर्मनीले विश्वकप छनोटको सबै पाँच खेलमा सफलता हासिल गरेको छ ।
हान्सी फ्लिक युरोकपपछि जर्मनीको प्रशिक्षक बनेका थिए । त्यसपछि जर्मनीले सबै खेल विश्वकप छनोटमै खेलेको थियो । त्यसअघि जोचिम लोको नेतृत्वमा जर्मनील कतार विश्वकपको छनोटको तीन खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको थियो ।
सोमबार राति जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे । घरेलु टोली नर्थ म्यासेडोनियाले पहिलो हाफमा बलियो जर्मनीलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।