काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन्। गीतमा स्वयम गायक भावुकको संगीत रहेको छ भने उदय राज पौडेलको संगीत संगीत संयोजन रहेको छ ।
प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम गायक फिचर्ड छन्। कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलाएमान बनाउन जोखिम उठाएर मिहेनत साथ यो सिर्जना सार्वजनिक गरेको गायक भावुकले बताएका छन् ।
मिराज अर्यालको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । महेश बाबु दवाडीले निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडको आधिकारिक च्यानल नमिता दवाडी मार्फत सार्वजनिक गरिएको हो ।