काठमाडौं । काठमाडौंमा निषेधाज्ञा जारी रहँदा पनि गीतका भिडिया रिलिज गर्ने क्रम जारी छ । यसै क्रममा गायक जीवन बडु र गायिका आकृति मिश्राले आफ्नो संयुक्त स्वरमा नयाँ गीत रामपियारी भर्सेज रामपियारी…को भिडियो रिलिज गरेका छन् ।
यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय छ । रयापर जगत तिरुवाको शब्द, संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्डअनुसार निर्माण गरिएको छ । नृत्य प्रधान यो गीतको भिडियोमा कविता राय, सुधीर श्रेष्ठ, गायक जीवन बडुको अभिनय रहेको छ ।
डान्स र एक्स्प्रेसनको राम्रै तारिफ पाउने गरेको सुधीरले पनि कवितासँग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताए । निर्देशक विशालकुमार महराको निर्देशनमा तयार भएको यस गीतमा गोदावरीको रमणीय स्थलमा छायांकन गरिएको छ । पदम सुवेदीको सम्पादनमा यो भिडियो तयार भएको हो ।