सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको छ।
प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका आह्वान गर्दै आइतबार ५ बजेसम्म दाबी पेस गर्न समय दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी गरेको वक्तव्यमा उल्लेख छ।
विज्ञप्तिमा लेखिएको छ, ‘माननीय प्रदेश प्रमुख नजिर मियाँज्यू समक्ष माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१।०४।१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि मिति २०८१।०४।२० गते आइतवार बेलुका ५:०० बजे भित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ।’