नेपालको ख्यातिप्राप्त ब्यान्ड १९७४ एडीको कन्सर्ट जापानको टोकियो र क्योतोमा हुने

टोकियो

नेपाली लोक भाकाकाालाई आधुनिक र रक संगितको मिश्रण गित संगित प्रस्तुत गर्ने चर्चित सांगितीक ब्यान्ड १९७४ एडीले जापानको टोकियो र क्योतोमामा सांगितिक कार्यक्रम (कन्सर्ट) आयोजना हुने भएको छ ।

चन्द्रसुर्य इवेन्ट्स इन्टरन्यास्नलको आयोजनामा जापानको टोकियोमा र क्योटोमा नेपालको ख्यातिप्राप्त ब्यान्ड १९७४ एडी को कन्सर्ट हुने भएको छभने क्योटोमा हुने कार्यक्रमको लागी भने गुर्खा ब्रदर्सले संयोजन गर्ने चन्द्रसुर्य इवेन्ट्स इन्टरन्यास्नलको ईभेन्ट म्यानेजर दिपेश श्रेष्ठले जानकारी दिनुभयो ।

१९७४ एडी ब्यन्डको, “ यो मन त मेरो नेपाली हो ”, “परेली मा लुकाइ राखन ”, “गुराँस फुल्यो वनैमा ”, “सम्भोदन ”, “छुदैन तिम्रोमायाले ”, “धेरै धेरै आउछ मन मा”आदि अत्याधिक मन पराईएको गीतहरुमा पर्दछन ।

१९७४ एडी ब्यान्डले आफ्नो चर्तित गीतहरु संगै यही जुलाई २७ तारिख शनिवार टोक्योमा र अगस्ट ३ तारिक क्योटो शहरमा प्रस्तुती हुने छ । आयोजकले टिकट अनलाईन मार्फत खरिद गर्न सकिने जनाएको छ ।

ताजा समाचार