जापानको फुकुओकामा नेपाली बिद्यार्थीको मृत्यु,हत्या भएको आसंका

टोकियो

जापानको फुकुओका शहरमा जापानिज भाषा बिद्यार्थी भिषामा रहेका एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।

नया बर्षमा आयोजना गरिएको एक कार्यक्रम पछि बेपत्ता भएका उक्त नेपाली बिद्यार्थी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको समाचारमा जनाईएको छ । फुकुओका स्थित निसिनिहोन जापानिज भाषा बिद्यालयमा अध्यायन गर्ने नेपाली बिद्यार्थीको हत्या भएको हुन सक्ने भन्दै स्थानिय फुकुओका प्रहरीले छानविन गरिरहेको छ । मृतकको शरिर र टाउकोमा गम्भिर चोट लागेको अवस्थामा उपचार भएको थियो । प्रहरीले सबै बिस्तृत बताउन नसकिने जानकारी दिएको फुकुओकाबाट एक सामाजिक अभियान्ताले निष्पक्ष न्यूजलाई बताए ।

मृतक नेपाली युवाको क्रिटिकल अवस्थामा सघन कक्षमा उपचार भएपनि उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।

नेपाली राजदूतबास टोकियोले मृत्युको कारण पत्ता नलागेपनि नेपाली बिद्यार्थीको मृत्यु भएको जानकारी दिएको छ ।

ताजा समाचार