पोखरा
पोखरामा अवतरण हुने केही सेकेण्ड बाँकी हुँदै दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा ६ शिशुसहित ६८ यात्रु रहेको पाइएको छ।
दुर्घटना लगत्तै प्रहरीले उद्धार कार्य तीव्र पारिरएको छ।
दुर्घटनास्थलमा एम्बुलेन्स, सेना, प्रहरी, शशस्त्र लगायतको ठूलो संख्या परिचालन गरिएको छ।
आइतबार काठमाडौंबाट पोखराका लागि गडेको नाइन एन एएनसी यति एयरलाइन्सको विमान अवतरण गर्नुअघि दुर्घटनामा परेको हो। विमानमा चालकदलका ४ सहित ६८ यात्रु थिए।
पछिल्लो समाचार अनुसार केहि शवहरु निकालिएको छ । उद्दार जारी रहेको छ ।
उद्घाटन भएको १५ दिनमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विमान दुर्घटना भएको छ। जनवरी १ तारिखमा मात्र उद्घाटन भएको विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। पुस १७ गते आन्तरिक उडान सुरु गरी नयाँ विमानस्थल सञ्चालनमा ल्याइएको थियो। पछिल्लो १५ दिनमा बुद्ध, यती, श्री एयरलाइन्स लगायतले नियमित उडान गर्दै आएका थिए।