फेरी बढ्यौ टोकियोमा कोरोना, तिन महिना पछि एकैदिन ११ हजारमा संक्रमण

टोकियो

टोकियोमा फेरी कोरोना संक्रमण बढेको छ ।

तिन महिना अघि २ हजारमा झरेको कोरोना संक्रमण मंगलबार एकै दिन ११ हजार भन्दा बढीमा संक्रमण हुन पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो सक्रमण सेप्टम्बर १४ पछिको सबै भन्दा धेरै एवं १० हजार माथि संक्रमण भएको हो ।

पछिल्लो कोरोनाको संक्रमणले घाटी दुख्ने, ज्वरो आउने, र शरीर गलाउने लक्षण अत्याधिक रहेको बताईएको छ ।

जाडोसगै बढेको कोरोनाले जापानमा बसोबास गर्ने अधिकास नेपालीहरु पनि संक्रमण हुन पुगेको बताईएको छ ।

ताजा समाचार