टोकियो
जापानको नागोयामा पोखरा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ ।
पोखरा १६ बाटुलेचौर घर भएका करिब ४० बर्षिय सन्तोष खडकाको ब्लड प्रेशरका कारण शुक्रबार सांझ मृत्यु हुन पुगेको हो । दुई दिनपहिले ब्लडप्रेशरका कारण हस्पिटल लगिएका खडाकालाई डाक्टरहरुले तत्कालै अप्रेशन गरेपनि स्वास्थ्यमा सुधार हुन नसकेको बताएका छन।
हस्पिटलले दिएको जानकारी अनुसार उपचार कै क्रममा शुक्रबार खडकाको दूखद मृत्यु हुन पुगेको हो ।
श्रीमती एक छोरी र छोरा रहेका खडाकको परिवार यस पटकको दशै मनाउन जापान आईपुगेका थिए ।
राति सामान्य अवस्थामा सुतेका खडका विहान ढिला नउठेपछि श्रीमतीले बेहोसीको अवस्थामा हस्पिटल भर्ना गरेका थिए ।डाक्टरका अनुसार ब्लडप्रेशर हिट भएका कारण अप्रेशन गर्नु पर्ने बताएका थिए ।
खडकाको मृत्यु पछि लन्डनमा रहेको दिदि भिनाजु र भाई जापान आईपुगेका छन ।
खडकाको शवलाई अन्तिम श्रद्धान्जलीका लागि नेपाल लगिने वा जापानमा अन्तेष्टि गरिने परिवारको सल्लाह पछि निर्णय गरिने जानकारी दिएको छ ।