जापानको गुन्मामा सुत्केरी अवस्थामा मृत्यु भएका सविना गुरुङको शवलाई नेपाल लैजाने, एक महिनेछोरीको नाममा नेपाली साझा समाजको पहलमा अक्षयकोष स्थापना हुने

टोकियो

एक महिना अघि छोरीलाई जन्मदिए पछि रक्तस्रावका कारण जापानको गुन्मा केनको ईसासेकी हस्पिटलमा मृत्यु भएका स्याङजा राङभाङ घर भएका सविना गुरुङको शवलाई नेपाल लैजाने भएको छ।

श्रीमान सहित जापानको गुन्मा केनमा बस्दै आईरहेका सविना गुरुङले एक महिना अघि छोरीलाई जन्म दिएकी थिईन । पारिवरीक श्रोतका अनुसार सामान्य अवस्थामा छोरीलाई जन्मदिएपछि सविनको स्वास्थ्यमा समस्या देखिएको थियो । सुत्केरी पछि गुरुङको रक्तस्राव नरोकिए पछि हस्पिटलले क्रिटिकल अवस्थामा उपचार गरेपनि छोरी जन्मदिएको करिब एक महिना पछि हस्पिटलमा उपचार कै क्रम मृत्यु भएको जानकारी दिएको थियो ।

छोरीका लागि अक्षयकोष स्थापना

नेपाली साझा समाज, जापानका महासचिव निरज गुरुङका अनुसार छोरी जन्मभएकोमा खुशीयाली मनाएको गुरुङ परिवारमा सविना गुरुङको स्वास्थ्यमा समस्या बल्झिए पछि अन्यौलग्रस्त अवस्था विच अन्तत हार मान्दै तितो यथार्थलाई आत्मसाथ गर्न पुगेको बताउनु भयो ।’ हामिले सक्दो प्रयास गरेका थियौ तर पनि हार मान्न बाध्य भयौ’ गुरुङका अनुसार अब हाम्रो ध्यान एक महिनाकी छोरी ”युरी गुरुङ”को लागि केहि गरिदिन पाए हुने थियो भनेर नेपाली साझा समाज, जापानको पहलमा कोष स्थापना गर्न लागेको बताउनु भयो ।

समाजले कोषध्यक्षको नेतृत्वमा समिति बनाई कोषका लागि रकम संकलन शुरु गरेको र करिव ३ लाख जापानि येन संकलन भईसकेको जानकारी दिदै सहयोगी दाताहरुलाई सहयोगका लागि अनुरोध गरिएको जानकारी दिनु भएको छ ।

एक महिने छोरी युरी गुरुङको हेरचाह गुन्माकेनको ईसासेकी हस्पिटलमा भईरहेको छ । सविनाको घरमा श्रीमान मात्रै रहेको र सविनाको मृत्यु पछि एक्लो बुवाले सविनाको शव नेपाल पठाउन विभिन्न कागजपत्र बनाउन हिडनु पर्ने बताउदै अर्को ब्यवस्था नहुदा सम्म एक महिने युरीको हेरचाह हस्पिटलले गर्ने छ । छोरी युरीको पिताले युरीलाई नेपाल लैजान चाहान ब्यक्त गरेपनि एक महिने वच्चालाई हवाई जाहाज चढ्न नमिल्ले भएकाले नेपाल लैजान नसकिएको र घरमा पनि कोहि नभएकाले हस्पिटलमा नै राख्नु परेको हो ।

सविनाको शव १९ तारिक नेपाल लैजाने

नेपालमा एक छोरा आफन्तको रहेको सविना गुरुङको शवलाई यहि १९ तारिक नेपाल पठाईने भएको छ ।

सविनाका आफन्तहरुले सविनाको शवलाई अन्तिम श्रद्वान्जलीका लागि नेपाल ल्याईदिन अनुरोध गरेपछि नेपाल पठाउन लागिएको हो । सविनाको अन्तिम कार्य पोखरामा ८ बर्यिय छोराको उपस्थितीमा गुरुङ सस्कृती अनुसार हुने भएको छ ।

साथिले सविना गुरुङ सम्झना लेखेका भावना

जे सोच्छौ त्यो नहुदो रहेछ है दिदी,
सम्झनामा नै बित्दो रहेछ जिन्दगि !
समय सङ्गै हरेक कुराहरु फेर्न सक्ला,
तर !!
मेरो जिन्दगिमा हजुरको माया, महत्व
कहिल्यौ फेर्न सक्दैन, दिदी!!
तब सम्म! जब सम्म आकाशमा जुनतारा रहि-रहन्छ !!
स्वर्गमा बास होस तपाईंको दिदी 😢😭😭
Miss you alot ❤️🙏
धेरै धेरै सम्झना अनि माया ❤️😢😢

ताजा समाचार