गणेश खनियाँ टोकियो
गैरआबासिय नेपाली संघ जापानको अध्यक्ष मा शिवप्रसाद पौडेल विजयी गैरआबासिय नेपाली संघको अध्यक्षमा शिबप्रसाद पौडेल बिजयी भएका छन ।
गैरआबासिय नेपाली संघ जापानको दशौ महाधिबेसनबाट अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी पारी पौडेल निर्वाचित भएका हुन । जुलाई २५ बाट जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महाधिवेशननमा नयाँ कार्यसमिति २०२१-२३ का लागि सहमति जुटाउने प्रयास सफल नभएपछी आज विहान १० बजेबाट मतदान सुरु भएको थियो ।
निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ६७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन । त्यसैगरी निकटतम प्रतिस्पर्धी अनिता गुरुंगले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी छन । त्यसैगरी बरिस्ट उपाध्यक्षमा नबिन निउरे निर्वाचित भएका छन । यस पटक कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दावी गरेका थिए । अध्यक्ष पदमा मात्र पाँच जनाले दावी प्रस्तुत गरेका थिए भने सवैभन्दा धेरै उम्मेदवार उपाध्यक्ष र सदस्य पदमा परेको थियो ।
चार जनाको उपाध्यक्ष पदमा ११ जनाले दावी गरेका थिए भने सात जनाको सदस्य पदमा १८ जनाले उमेदबारी दिएका थिए ।