गण्डकी र प्रदेश २ को प्रमुखमा शेरचन र परियार सिफारिस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश २ र गण्डकी प्रदेशको प्रदेश प्रमुखमा यसअघिकै प्रमुखलाई नियुक्त गर्न पार्टीको तर्फबाट सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटीको बैठकले प्रदेश २ र गण्डकी प्रदेशमा यसअघि नै प्रदेश प्रमुख रहिसकेका तिलक परियार र अमिक शेरचनलाई नै प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशमा शेरचन र प्रदेश २ मा परियारलाई सिफारिस गर्ने निर्णय भएको हो ।

केही समयअघि मात्रै सरकारले सम्पूर्ण प्रदेशका प्रमुखहरू हेरफेर गर्ने निर्णय गरेको थियो । बुधबार बस्ने भनिएको केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने थप मन्त्रीको नामको विषयमा टुंगो लगाउने बताइएको छ ।

ताजा समाचार