कास्कीको मादीमा बाढीले एम्वुलेन्स पुर्यो, बिरामीको मृत्यु, चालक अधिकारी घाइते

पोखरा

कास्कीमा बाढीले पसगाउँ स्वासथ्य चौकीको एम्बुलेन्स पुरेको छ । बाढीमा ग१झ ४४८ नम्बरको एम्वुलेन्स पुरिंदा बिरामीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मादी गाउँपालिका वडा नं. ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउनेक्रममा खहरे खेलामा एक्कासी बाढी आएर एम्वुलेन्स पुरेको सिक्लेसका देवीजंग गुरुङले जनाएका छन् ।

एम्वुलेन्स पुरिंदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको ज्यान गएको वडाध्यक्ष तोरणहादुर गुरुङले जानकारी दिए । माथिबाट बाढी आएपछि भाग्नेक्रममा एम्वुलेन्स चालक सुवास अधिकारीलाई बगाएको थियो 

चालक अधिकारीलाई वडाध्यक्ष तोरणबहादुर गुरुङ, युवाहरु अर्जुन गुरुङ, दिनेश गुरुङ, समीर गुरुङ लगायतले उद्धार गरि उपचारका लागि पोखरा ल्याइएको बताइन्छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

वडाध्यक्ष गुरुङका अनुसार जेसिवीको सहायताले बाढीबाट एम्वुलेन्स निकालिएको र पोखरा ल्याउने तयारी भइरहेको छ । एम्वुलेन्सका सहचालक भने सकुशल रहेको उनले बताए । 

ताजा समाचार