बाग्लुङका बुढाथोकीको जापानमा मृत्यु

टाेकियाे । जापानमा फेरी एकजना नेपाली युवाको मृत्यु भएको छ ।

बाग्लुङ ताराखोला-३ का ३१ बर्षिया राजन बुढाथोकी टाेकियाे सिन्जुकु स्थित एक होटलको कोठामा बुधवार मृत अवस्थामा फेला परेका हुन l जापान प्रहरीले उनको मृत्यु आत्महत्याका कारण भएको बताएको छ ।

दक्ष कामदार (कुक) भिसामा जापान आएका मृतककी श्रीमती केहि समय अघि नेपाल गए पछि साथी संगै बस्दै आएका मृतक बुढाथोकी करिब २ हप्ता अघि देखि साथी संग नगई सिन्जुकु तिर बस्दै आएको जानकारी प्राप्त भएको छ ।

मृतकका नेपालमा श्रीमती र एक नाबालक छोरा रहेका छन ।

गल्कोट समाज जापानले परिवार एवं सबैसगको सल्लाह पछि अन्तिम सस्कार गरिने जानकारी दिएको छ । 

ताजा समाचार