काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले फराकिलो अग्रता बनाएसगै लामिछाने जितको नजिक पुगेका हुन ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकटतम् प्रतिस्पर्धीलाई झन्डै २९ हजार मतले उछिनेका छन् । लामिछानेले ३६ हजार १ सय ५८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् ।
यसैगरी बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। जसपाका अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार यादवले ९ हजार ८ सय ७० मत पाउँदा उनलाई पछ्याइरहेका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत प्राप्त गरेका छन्।
दुबै क्षेत्रमा मतगणना जारी रहेको छ ।