फोहोर वर्गीकरण गर्नेलाई काठमाडौं महानगरले सहुलियत दिने 

काठमाडौँ — काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको छ । फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने नीति महानगरले लिएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले जिरो वेस्ट कार्यान्वयन गरिने बताए । यस्तै, उपयुक्त स्थानमा वेस्ट टू इनर्जी प्लान्टको पनि स्थापना गरिने बताए । 

महानगरपालिकाले प्रतिस्पर्धात्मक विधिमार्फत फोहोर स‌ंकलन तथा ढुवानीको कार्य गरिने नीति महानगरले जनाएको छ ।

ताजा समाचार