काठमाडौं
काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रकलाई बधुबार पनि स्थानीयबासीले अवरोध गरेका छन्।
महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले बुधबार पनि केही स्थानीयले फोहोर बोकेका ट्रकलाई अवरोध गरेको जानकारी दिए।
मंगलबार पनि स्थानीयले अवरोध गरेका थिए। त्यसपछि प्रहरीको सुरक्षा घेरामा करिब १५० गाडीले बन्चरेडाँडामा फोहोर खसालेका थिए।
त्यसअघि काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र स्थानीय तहबीच फोहोर बन्चरेडाँडामा लैजानेबारे सहमति भएको थियो। तर, स्थानीयहरुले आफ्नो माग पूरा नभएको भन्दै विरोध जारी राखेका छन्।
मंगलबार दिनभर सिसडोल र बन्चरेडाँडा क्षेत्र तनावग्रस्त भएको थियो। स्थानीयले अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो भने केही पक्राउ परेका थिए।