काठमाडौंमा १२ सय मत गणना हुँदा बालेन र स्थापित विच ३५ मतले पछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका लागि भएको मतदानको मतगणना जारी छ । अहिलेसम्म तीनवटा वडाको करिब १२ सय मतगणना भएको छ । जसमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले ३८६ मत प्राप्त गरेका छन् ।

उनलाई अहिले नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले ३५१ मत प्राप्त गरेका छन् । त्यस्तै, पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने २१९ मत प्राप्त गरेकी छिन् । 

अहिलेसम्मको परिणाम हेर्दा बालेन स्थापित भन्दा ३५ मतले अगाडि छन् भने श्रेष्ठभन्दा १६७ मतले अगाडि छन् ।

ताजा समाचार