चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनकी रेनु दाहालले अग्रता लिएकी छन्।
अहिलेसम्म ३ सय ५० मतगणना गर्दा रेनुले १३३ मत ल्याएकी छन्। एमालेका विजय सुवेदीले १२७ मत पाएका छन्।
कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्। जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ।
भरतपुर महानगरको २९ वडा बाट १ लाख २७ हजार ५६५ मत खसेको छ। वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ। जसमा ३२ सय ७६ मत खसेको छ।
पौडेलले पनि मत काट्दै गएपछि गठबन्धनमाथि दबाब परेको छ। उनले सत्ता गठबन्धनको कम्तीमा १२ प्रतिशत मत काट्ने आकलन गरिएको छ।