काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए सपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए ।
उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
माधव कुमार नेपाल पक्ष छोडेर एमालेमै बस्ने निर्णयपछि आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।
पदबाट बिदा लिएसँगै निवर्तमान मुख्यमन्त्री शेरधन राईले एमाले एकता जोगाउनको निम्ती पद छोडेको बताएका छन् ।
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका बहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।