विश्वकप फुटबलःअपराजित हुदै स्पेन विस्वकप च्याम्पियन

फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक च्याम्पियन बनेको हो।

स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे। उनले खेलको अतिरिक्त समयमा १०६ औं मिनेटमा गोल गर्दै स्पेनलाई उपाधि दिलाए।

निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। साविक विजेता अर्जेन्टिना उपविजेतामा सिमित भएको छ भने स्पेनले यसअघि २०१० मा उपाधि जितेको थियो।

ताजा समाचार