लगातार ६ खेलमा गोल नखाई स्पेनले बनायो विश्वकपमा नयाँ कीर्तिमान

स्पेनले २०२६ फिफा विश्वकपको अन्तिम–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै विश्वकप इतिहासमा लगातार सबैभन्दा धेरै खेलमा गोल नखाएको नयाँ कीर्तिमान बनाएको छ ।

डलासमा सोमबार भएको खेलमा स्पेनले लगातार छ खेलसम्म विपक्षीलाई गोल गर्न नदिई नयाँ इतिहास रचेको हो ।

स्पेनका गोलकिपर उनाइ सिमोनविरुद्ध पछिल्ला ६०९ मिनेटदेखि कुनै पनि खेलाडीले गोल गर्न सकेका छैनन् ।

यो कीर्तिमानको सुरुआत सन् २०२२ को विश्वकपबाट भएको थियो । त्यसबेला स्पेनले अन्तिम–१६ मा मोरोक्कोसँग निर्धारित समयमा ०–० को बराबरी खेलेको थियो ।

पेनाल्टी सुटआउटमा पराजित भए पनि यो खेललाई आधिकारिक रूपमा क्लिन सिटका रूपमा गणना गरिएको थियो ।

यस विश्वकपमा स्पेनले पहिलो खेलमा केप भर्डसँग ०–० को बराबरी खेलेको थियो । त्यसपछि साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–० र राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले पराजित गर्दै लगातार पाँचौँ क्लिन सिट पूरा गरेको थियो ।

ताजा समाचार