दुई गोलले पछाडि रहेको बेल्जियमले पुनरागमन गर्दै अन्तिम १६ मा

योरी टेलेमन्सले अतिरिक्त समयको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि बेल्जियमले विश्वकप २०२६ मा बिहीबार सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा निश्चित गरेको छ ।

बेल्जियमले दुई गोलले पछाडि रहेको स्थितिबाट यो उत्कृष्ट पुनरागमनको जित रचेको हो । अतिरिक्त समयको अन्त्यतिर ममुडो लामिनले टेलेमन्समाथि फल गरेपछि बेल्जियमले नाटकीय ढंगले पेनाल्टी प्रहारको अवसर पाएको थियो । 

त्यसअगाडि सेनेगलका लागि हबिब डिएराले २५ औं मिनेटमा गोलको खाता खोले । इस्माइल सारले उत्कृष्ट गोल गर्दै ५१ औं मिनेटमा टिमको अग्रता दोब्बर पारे । खेलमा केही मिनेट बाँकी रहेको बेला सेनेगल जिततर्फ अग्रसर देखिएको थियो । तर रोमेलु लुकाकुले ८६ औं मिनेटमा बेल्जियमका लागि पहिलो गोल गरे । त्यसपछि ८९ औं मिनेटमा योरी टेलेमन्सले बराबरी गोल फर्काए । अतिरिक्त समयको अन्त्यतिर पाएको पेनाल्टीमा बेल्जियमले नाटकीय जित दर्ज गर्‍यो । 

अब बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया एन्ड हर्ज गोभिनाबीच बिहीबार नै हुने खेलको विजेताको सामना गर्नेछ ।

ताजा समाचार