विश्वकप फुटबल : राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टीमले कोसँग भिड्नेछन् ?

जेठ २८ गतेदेखि सुरु भएको फिफा विश्वकपको नकआउट चरणमा पुग्ने सबै ३२ वटै टीमको टुंगो लागेको छ।

समूह जे का दुई खेलहरु सम्पन्न भएसँगै समूह चरणका सम्पूर्ण खेलहरु सकिएका हुन्। योसँगै राउन्ड अफ ३२ को समीकरण पनि पूरा भएको छ।

पहिलोपटक ४८ टोली सहभागि यस प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलोपटक विश्वकप खेलेको केप भर्डले अन्तिम ३२ मा स्थान बनायो।

कुन टीमको प्रतिद्वन्द्वी को ? 
दक्षिण अफ्रिका र क्यानडा
ब्राजिल र जापान
जर्मनी र पाराग्वे
नेदरल्यान्ड्स र मोरक्को
आइभरी कोस्ट र नर्वे
फ्रान्स र स्विडेन
मेक्सिको र इक्वेडर
इंग्ल्यान्ड र डीआर कंगो
बेल्जियम र सेनेगल
अमेरिका र बोस्निया एन्ड हर्जगोभिना
स्पेन र अष्ट्रिया
पोर्चुगल र क्रोएसिया
स्विट्जरल्यान्ड र अल्जेरिया
अष्ट्रेलिया र इजिप्ट
अर्जेन्टिना र केप भर्ड
कोलम्बिया र घाना

ताजा समाचार