पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता

कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा पोर्चुगललाई गाेलरहित बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बनेको हो ।

कोलम्बियाले ३ खेलबाट ७ अंक जोड्यो । पोर्चुगलले ५ अंक जोडेर उपविजेता बन्दा डीआर कंगो ४ अंक बनाएर तेस्रो स्थानमा रह्यो । उज्वेकिस्तान अंकविहीन हुन पुग्यो ।

यो समूहबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन् ।

ताजा समाचार