इराकलाई हराउँदै फ्रान्स विश्वकपको नक आउटमा, एम्बाप्पेको २ गोल

फ्रान्स विश्वकपको नक आउट चरणमा प्रवेश गरेको छ।गएराति इराकलाई ३-० गोलले हराउँदै फ्रान्स एक खेल अगाडि नै नक आउट चरणमा प्रवेश गरेको हो।

फिलाडेल्फियामा फ्रान्सको जितमा केलियन एमबाप्पेले २ गोल गरे। १४ औं र ५४ औं मिनेटमा गोल गरे।

उसमान डेम्बेलेले ६६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।जितसँगै फ्रान्सले अंक तालिकामा ६ अंक बनाएको छ।

यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोलले हराएको थियो।

अब अन्तिम खेल नर्वेसँग खेल्ने छ। नर्वेले मंगलबार बिहान आफ्नो दोस्रो खेल इराकसँग खेलिरहेको छ।

ताजा समाचार