जेन-जीको प्रदर्शनका कारण रोकियो भोलि हुने भनिएको नेपाल र बंगलादेशबीचको खेल

काठमाडौं । भोलि हुने भनिएको नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै हालको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको जनाएको छ । जेन–जीको प्रदर्शनका कारण सोमबार देशभर १९ जनाको मृत्यु भएको छ ।

‘…देशमा देखा परेको हालको अवस्थालाई मध्यनजर गरी खेल स्थगित गरिएको छ,’ जारी विज्ञप्तीमा भनिएको छ । यसअघि बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

ताजा समाचार