एमबाप्पेको ह्याट्रिकले पनि जोगाएन रियाललाई, ३-४ गोल गर्दै बार्सिलोनालेको जित

एजेन्सी

बार्सिलोनाले दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै एल क्लासिकोमा रियल मड्रिडमाथि ४-३ को सानदार जित हात पारेको छ ।

केलिएन एमबाप्पेले ह्याट्रिक गरेपनि रियललाई हार टार्न पर्याप्त भएन ।

यो जितपछि बार्सिलोनाले ला लिगाको उपाधि नजिक पुगेको छ । जितपछि बार्सिलोनाले ३५ खेलबाट ८२ अंक जोडेर दोस्रो स्थानको रियलमाथि ७ अंकको अग्रता बनाएको छ ।

समान खेलबाट रियलको ७५ अंक छ । लिगमा अब ३ चरणको खेल बाँकी छ । बार्सिलोनालाई लिगको उपाधि जित्न अब एक खेल जिते पुग्नेछ ।

खेलको सुरुमै एमबाप्पेले दुई गोल गर्दै रियललाई अग्रता दिलाएपनि रियलले कायम राख्न सकेन भने बार्सिलोनाले पुनरागमन गर्‍यो ।

एमबाप्पेले खेलको पाँचौ र १४औं मिनेटमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाएका थिए ।

तर यो अग्रता लामो समय टिकने । एरिक गार्सियाले १९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

लामिन यामलले ३२औं मिनेटमा बार्सिलझनाका लागि बराबरी गोल गरे ।

त्यसपछि राफिन्हाले दुई गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ४-२ को अग्रता बनायो । रफिन्हाले ३४औं र ४५औं मिनेटमा गोल गरे ।

दोस्रो हाफमा एमबाप्पेले एक गोल गर्दै ह्याट्रिक पूरा गरेपनि रियललाई जिताउन सकेनन् ।

एमबाप्पेले ७०औं मिनेटमा ह्याट्रिक पूरा गरेपछि गोल अन्तर कम पारे ।

बार्सिलोनाका फर्मिन लोपेजले इन्जुरी टाइममा गोल गरेपनि भिएआरले मान्यता दिएन ।

ताजा समाचार