एजेन्सी
वैभव सूर्यवंशीको कीर्तिमानी शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरातलाई ८ विकेटले पराजित गरेको छ।
गुजरातले दिएको २ सय १० रनको लक्ष्य गुजरातले २५ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो।
राजस्थानको जितमा १४ वर्षीय ओपनर वैभवले कीर्तिमानी शतक प्रहार गरे। उनले ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १ सय १ रन बनाउँदा प्रसिद कृष्णाको बलमा बोल्ड आउट हुन पुगे।
वैभवलले ३५ बलमा ७ चौका र ११ छक्का सहयोगमा शतक पूरा गरेका थिए। यो सँगै उनी आइपीएल इतिहासमा शतक बनाउने कान्छा खेलाडी बनेका छन्।